सेवाका सर्त
अन्तिम अद्यावधिक: २०२६ अक्टोबर १९
सेवा प्रदायक
ई-मतसेवा भूगोल पार्क प्रा.लि., काठमाडौंले सञ्चालन गर्छ।
नमुना मतदान
वेबसाइटका नमुना मतपत्र, नमुना संस्था र नतिजा प्रदर्शनका लागि मात्र हुन्। यिनमा हालेको मत कुनै वास्तविक निर्वाचनमा गनिँदैन।
संस्थाका निर्वाचन
वास्तविक निर्वाचन, सेवाको तह, मूल्य, तथ्याङ्क राख्ने अवधि र उजुरी प्रक्रिया संस्थासँगको लिखित सम्झौताअनुसार हुन्छन्। सम्झौता र यी सर्त बाझिएमा सम्झौता लागू हुन्छ।
निर्वाचनको नियम, नामावली र नतिजाको आधिकारिक निर्णय संस्थाको निर्वाचन समितिको हो। हामी प्रविधि र सम्झौताअनुसारको सहयोग दिन्छौँ।
बाह्य स्वतन्त्र सुरक्षा लेखापरीक्षण नभएसम्म हामी बाध्यकारी निर्वाचन सञ्चालन गर्दैनौँ। के प्रमाणित भइसक्यो भन्ने /status पृष्ठमा छ।
प्रयोगकर्ताको जिम्मेवारी
पासकोड अरूलाई नदिनुहोस्। प्रणालीमा अनधिकृत पहुँच, मत हेरफेर वा सेवा अवरुद्ध गर्ने प्रयास गर्नु हुँदैन। सुरक्षा कमजोरी भेटिए हामीलाई इमेल गर्नुहोस्।
लागू कानुन
यी सर्त नेपालको प्रचलित कानुनअनुसार व्याख्या हुन्छन्।
सम्पर्क
भूगोल पार्क प्रा.लि., काठमाडौं · ematsewa@gmail.com · 9818960071