e matsewaडिजिटल निर्वाचन

सुरक्षा र गोपनीयता

तपाईंको मत कसरी गोप्य रहन्छ, र कहाँसम्म

भरोसा गर्नुहोस् भनेर होइन, जाँच्नुहोस् भनेर लेखिएको पृष्ठ। हरेक दाबीको स्थिति छेउमै छ: ✓ अहिले चलिरहेको, घडी चिह्न भएको अझै बन्दै।

१. साझा साँचो र मतगणना

मतपेटिका एक्लै कसैले खोल्न सक्दैन

  1. १सदस्यको मोबाइलछाप लगाउने बित्तिकै सार्वजनिक साँचोले मत इन्क्रिप्ट
  2. २सार्वजनिक अभिलेखइन्क्रिप्ट गरिएका मत मात्र, एकअर्कासँग ह्यासले गाँसिएका
  3. ३इन्क्रिप्टेड जोडमत नखोली नै सबै मत जोडिन्छन्
  4. ४साँचो धारकहरू५ मध्ये कम्तीमा ३ सँगै भएमा मात्र जोड खुल्छ
  5. ५नतिजाकुल सङ्ख्या मात्र; एउटा पनि मत छुट्टै खुल्दैन
  • मत इन्क्रिप्ट गर्ने साँचो सार्वजनिक हुन्छ; खोल्ने साँचो कसैको एक्लो हातमा हुँदैन।
  • मतगणनामा मतहरू एक-एक गरी खोलिँदैनन्। इन्क्रिप्ट अवस्थामै जोडिन्छन् र अन्तिम जोड मात्र खुल्छ (homomorphic tally)।
  • खोल्ने साँचो पाँच टुक्रामा बाँडिन्छ: तपाईंको समितिले तोकेका व्यक्तिहरूले राख्छन्, ई-मतसेवासँग एउटा भन्दा बढी हुँदैन। कम्तीमा तीन जना सँगै नभई जोड खुल्दैन।बन्दै

२. इन्क्रिप्सन

के इन्क्रिप्ट हुन्छ, साँचो कहाँ रहन्छ

  • तपाईंको छनोट मोबाइलबाट निस्कनुअघि नै, ब्राउजरभित्रै इन्क्रिप्ट हुन्छ (ristretto255 माथि exponential ElGamal, जाँचिएका खुला पुस्तकालयबाट)। सर्भरमा पुग्ने इन्क्रिप्ट गरिएको सङ्केत मात्र हो।
  • सदस्य नामावली र मतको अभिलेख अलग तालिकामा छन्; दुईबीच जोड्ने कुनै स्तम्भ वा सम्बन्ध छैन। यो चालु डेटाबेसमै परीक्षणले जाँचिन्छ।
  • हरेक संस्थाको तथ्याङ्क डेटाबेस तहमै अलग राखिन्छ (row-level security)। एउटा संस्थाले अर्कोको केही देख्दैन।
  • अभिलेखमा थप्न मात्र मिल्छ; बदल्न वा मेटाउन डेटाबेसले नै रोक्छ।
  • मत सही ढाँचामा छ भनी नखोली नै प्रमाणित गर्ने गणितीय प्रमाण (zero-knowledge)।बन्दै

हामीले के देख्छौँ, के देख्दैनौँ

हाम्रो सर्भरमा इन्क्रिप्ट गरिएका मत र मत हालेको सूची छन्, तर दुवैमा साझा हुने कुनै स्तम्भ छैन, त्यसैले कुन मत कसको हो भनी अभिलेखबाट जोड्न सकिँदैन। हामी देख्ने: कति जनाले मत हाले, र अन्तिम जोड। सीमा: जोड खोल्ने साँचो अहिले एउटै छ; ५ मध्ये ३ धारकमा बाँड्ने व्यवस्था नबनेसम्म यसको सुरक्षा सञ्चालकमाथि निर्भर छ।

३. तथ्याङ्क राख्ने अवधि

के राखिन्छ, के मेटिन्छ

  • इन्क्रिप्ट गरिएको अभिलेख र नतिजा उजुरीको म्याद सकिएसम्म राखिन्छ, ताकि जोसुकैले पछि पनि गणना दोहोर्‍याएर जाँच्न सकून्।
  • पासकोड, फोन नम्बर जस्ता सम्पर्क विवरण निर्वाचन र उजुरीको काम सकिएपछि मेटिन्छन्।
  • ठ्याक्कै अवधि हरेक संस्थासँगको लिखित सम्झौतामा, उसको विधानअनुसार तोकिन्छ।
  • मतदाताका एपमा कुनै तेस्रो पक्षको विज्ञापन वा ट्र्याकिङ कोड छैन।

४. उजुरी र विवाद

सेवाको जुनसुकै तहमा पनि

  • हरेक मतदाताले आफ्नो रसिद कोडले आफ्नो मत अभिलेखमा छ कि छैन आफैँ जाँच्न सक्छन्। नभेटिए त्यही रसिद उजुरीको प्रमाण हो।
  • तह १ र २ मा उजुरीको निर्णय तपाईंकै निर्वाचन समितिले गर्छ; हामी अभिलेख, ह्यास र प्रणाली लगसहित प्राविधिक प्रतिवेदन दिन्छौँ।
  • तह ३ मा लिखित सम्झौताअनुसार तटस्थ निर्वाचन अधिकृतले उजुरी सुन्छन्।
  • सबै तहमा: कुनै पनि सदस्यले सार्वजनिक अभिलेखबाट गणना आफैँ दोहोर्‍याउन सक्ने व्यवस्था।बन्दै

५. लेखापरीक्षण

स्वतन्त्र लेखापरीक्षणका लागि खुला

  • हरेक सुरक्षा दाबीसँग एउटा स्वचालित परीक्षण जोडिएको छ। परीक्षण नभएको दाबी हामी गर्दैनौँ।
  • संस्था वा उसले रोजेको विज्ञले स्रोत कोड, परीक्षण र निर्वाचनको अभिलेख जाँच्न माग्न सक्छन्।
  • बाध्यकारी निर्वाचनअघि बाह्य स्वतन्त्र सुरक्षा लेखापरीक्षण।बन्दै