e matsewaडिजिटल निर्वाचन

गोपनीयता नीति

अन्तिम अद्यावधिक: २०२६ अक्टोबर १९

यो नीति कसका लागि

ई-मतसेवा भूगोल पार्क प्रा.लि.ले सञ्चालन गर्छ। यो नीति यो वेबसाइट, नमुना मतदान, र संस्थाहरूका लागि हामीले चलाउने निर्वाचनमा लागू हुन्छ।

हामी के राख्छौँ

सम्पर्क फाराम: तपाईंले लेखेको नाम, फोन वा इमेल, संस्था र सन्देश। जवाफ दिन मात्र प्रयोग हुन्छ।

निर्वाचन: संस्थाले दिएको सदस्य नामावली, एक पटक चल्ने पासकोडको ह्यास (पासकोड आफैँ होइन), र इन्क्रिप्ट गरिएका मत। नामावली र मत अलग तालिकामा राखिन्छन्; दुवैलाई जोड्ने स्तम्भ हुँदैन।

नमुना मतदान: नमुना मत तपाईंकै ब्राउजरमा राखिन्छ; हाम्रो सर्भरमा पठाइँदैन।

हामी के गर्दैनौँ

विवरण बेच्दैनौँ, विज्ञापनका लागि दिँदैनौँ। वेबसाइट र मतदाता एपमा तेस्रो पक्षको विश्लेषण वा ट्र्याकिङ कोड छैन।

कहाँ राखिन्छ

वेबसाइट Vercel मा चल्छ। तथ्याङ्क Supabase को Postgres डेटाबेसमा, मुम्बई (ap-south-1) क्षेत्रमा राखिन्छ। हरेक संस्थाको तथ्याङ्क डेटाबेस तहमै अलग राखिन्छ।

कति समय राखिन्छ

इन्क्रिप्ट मत र नतिजा उजुरीको म्याद सकिएसम्म राखिन्छ। पासकोड र सम्पर्क विवरण निर्वाचन र उजुरीको काम सकिएपछि मेटिन्छन्। ठ्याक्कै अवधि संस्थासँगको लिखित सम्झौतामा तोकिन्छ।

सम्पर्क फारामका सन्देश जवाफ र कामको अभिलेखका लागि राखिन्छन्; मेटाउन भन्नुभयो भने मेटाइन्छन्।

तपाईंको अधिकार

आफ्नो विवरण हेर्न, सच्याउन वा मेटाउन तलको इमेलमा लेख्नुहोस्। निर्वाचनको नामावली सम्बन्धी अनुरोध हामी सम्बन्धित संस्थासँग मिलेर पूरा गर्छौँ।

सम्पर्क

भूगोल पार्क प्रा.लि., काठमाडौं · ematsewa@gmail.com · 9818960071